ईच्छाकामना न्यूज
नारायणगढ सडकखण्ड अन्र्तगत इच्छाकामना गाउँपालिका ६ स्थित नौकिलोमा खाने तेल बोकेको ट्रक त्रिशुलीमा खसेको छ ।
नारायणगढबाट मुग्लिनतर्फ आउदै गरेको तेल बोकेको ट्रक बुधबार साँझ त्रिशुली नदिमा खसेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।
प्रहरी घटनास्थल पुगिसकेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको पनि प्रहरीले बताएको छ ।