२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

स्मार्ट लकडाउन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई सरकारको निर्देशन

स्मार्ट लकडाउन गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई सरकारको निर्देशन
सेयर गर्नुहोस्
०सेयर

नेपाल सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि स्मार्ट लकडाउन गर्न निर्देशन दिएको छ ।

गृह मन्त्रालयले सम्पुर्ण प्रमुख जिल्ला अधिकारीहरुलाई पत्राचार गर्दै ‘कोभिड १९ संक्रमणको स्थानीय अवस्था हेरी जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउन सम्बन्धी कार्यविधि, २०७८ र एकिकृत कोभिड १९ रोकथाम, नियन्त्रण र उपचार कार्ययोजना, २०७८ कार्यान्वयनलाई थप प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई पहल गर्न निर्देशन दिएको छ ।

सरकारले माघ ७ गतेदेखि सार्वजनिक बसमा यात्रा गर्दा कोभिड १९ को खोप लगाएको कार्डलाई अनिवार्य गर्न समेत निर्देशन दिएको छ । गृह मन्त्रालयले यसको कार्यान्वयनका लागि सम्बन्धित क्षेत्रका सबैलाई निर्देशन जारी गरेको छ ।

सार्वजनिक स्थानहरु कार्यालय, होटल, रेष्टुरेण्ट, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा कोभिड विरुद्धको खोप लगाएको कार्ड बोकेर हिड्नु पर्ने भएको छ । यदि कार्ड छैन भने मोबाइलबाट फोटो भए पनि देखाउनु पर्नेछ । सम्बन्धित निकायहरुलाई खोप कार्ड हेरेर मात्रै प्रवेश दिने व्यवस्था मिलाउन समेत गृहले निर्देशन जारी गरेको छ ।

पछिल्लो समयमा कोभिड १९ तिब्र रुपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी सोको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको पुस २५ गतेको बैठकले गरेका सिफारिसहरुलाई मन्त्रीस्तरको बैठकले कार्यान्वयनका निर्देशन दिएको हो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।