उत्तरी धादिङको रुबिभ्याली गाउँपाली वडा नम्बर १, पुरुमा पहिरो खस्दा डोजरसहित ३ जना पुरिएका छन् ।
सडक खन्ने क्रममा माथीबाट खसेको पहिरोले डोजर चालक सिन्धुपाल्चोकका आकाश तामाङ, सहचालक राजु तामाङ र स्थानीय धन तामाङ पुरिएका हुन् ।
अहिले पनि पहिरो खस्नेक्रम नरोकिएकोले उद्दार गर्न कठिनाइ भएको स्थानीयले जानकारी दिएका छन् । रुबिभ्याली-१ को पुरुबाट लिङ्जो जाने सडकको नयाँ ट्रयाक खोल्ने क्रममा पहिरो खसेको हो ।
घटनास्थल नजिकको सेर्तुङ प्रहरी चौकी पनि चार घण्टाको पैदल दुरीमा पर्ने भएकाले विस्तृत विवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।









