२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोरोनामुक्त
सेयर गर्नुहोस्
०सेयर

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार पीसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ अर्थात सङ्क्रमणमुक्त भएको पाइएको हो । १० दिनयता माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र स्वकीय सचिव मल्ल कोभिड १९ सङ्क्रमणका कारण होम आइसोलेशनमा बस्दै आउनुभएको थियो । आफू पनि कोरोनामुक्त भएको मल्लले जानकारी दिनुभयो ।

अध्यक्ष लगायत १२ जनाभन्दा धेरै केन्द्रीय नेतामा कोरोना पुष्टि भएपछि माओवादी केन्द्रको पदाधिकारी थप्ने प्रक्रिया अघि बढ्न सकेको छैन । केही समयपछि केन्द्रीय समितिको बैठक बोलाएर पदाधिकारी थपका बारेमा छलफल गर्ने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।