२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पर्यटनमन्त्री आलेलाई पनि कोरोना सङ्क्रमण

पर्यटनमन्त्री आलेलाई पनि कोरोना सङ्क्रमण
सेयर गर्नुहोस्
०सेयर

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ।

मन्त्री आलेलाई सोमबार कोरोना परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको उहाँकाे सचिवालयले जनाएकाे छ।

मन्त्री आलेको स्वास्थ्य अवस्था सामान्य रहेको र हाेम आइसोलेशनमा बस्नुभएको प्रेस संयोजक विमल विष्टले जानकारी दिनुभयो।

मन्त्री आलेको सचिवालयले केही दिनयता मन्त्री तथा स्वकीय सचिवसँग सम्पर्कमा आएका सबै नागरिकलाई सतर्कता अपनाउन र कोरोना जाँच गर्न आग्रह गरेको छ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।