२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मानवअघिकार उल्लंघनका घटनामा कमी नआएकोमा राष्ट्रपति भण्डारी चिन्तित

मानवअघिकार उल्लंघनका घटनामा कमी नआएकोमा राष्ट्रपति भण्डारी चिन्तित
सेयर गर्नुहोस्
०सेयर

मंसिर २३,काठमाण्डौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले विभेद र बहिस्करणमा परेकाहरुलाई समान अधिकार प्रत्याभूत नगरेसम्म मानवअधिकारका नारा सार्थक नहुने बताउनुभएको छ । ९औं मानवअधिकार राष्ट्रिय महाभेलाको आज काठमाडौंमा उद्घघाटन गर्दै उहाँले मानवअधिकारका धेरै प्रतिबद्धता हुँदा पनि मानवअधिकार उल्लंघनका घटनामा भने कमी नआएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगमा अध्यक्ष अनुपराज शर्माले संविधान राम्रो बन्दैमा संक्रमणकाल अन्त्य हुन नसक्ने भन्दै सबैलाई मानवअधिकारको प्रत्याभूति राज्यले दिलाउनुपर्ने बताउनुभयो । कार्यक्रममा मानवअधिकार वर्ष सम्मान रमा ढकाललाई प्रदान गरिएको छ । अपांगता भएका महिलाको अधिकारका क्षेत्रमा सहयोग पु¥याएको भन्दै उहाँलाई १५ हजार रुपैयाँसहित सम्मान गरिएको हो ।

यस्तै, संकल्प शान्ति संवाह पुरस्कार वीर अवस्थी र गोमा बस्याललाई प्रदान गरिएको छ । त्यस्तै, जनजाति महिलाको क्षेत्रमा काम गरेको भन्दै सुनी लामालाई सम्मान गरिएको छ ।६९औं मानवअधिकार दिवसका अवसर पारेर राष्ट्रिय मानवअधिकार आयोगले गरेको महाभेलामा विकास र समृद्धिका लागि महिला र युवाको सहभागिताबारे छलफल भइरहेको छ ।मानवअधिकार राष्ट्रिय भेला २५ गतेसम्म चल्नेछ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।