
मंसिर २७, धादिङ ।
धादिङमा न्यानो कपडाको व्यापार बढ्दै गएको छ । चिसो बढेसगैँ न्यानो कपडाको व्यापार पनि बढ्दै गएको व्यापारीहरु बताउन छन् । विशेष गरि कपास उद्योगहरुको व्यापारमा वृद्धि भएको भएको उद्योग संचालकहरु बताउछन् ।
मौसम चिसो हुदै गएकाले सिरक र डसना किन्ने वा बनाउने मानिसहरुको कपास उद्योगमा भिड हुने गरेको सदरमुकाम धादिङमा रहेको वाइवा कपास उद्योगका संचालक सुरेश वाइवाले बताउनु भयो । अहिले उद्योगमा दैनिक १५ वटा सिरक, डसना बन्ने गरेको उहाँले बताउनु भयो ।
आफ्ना पुराना कपडाहरुलाई समेत पेलेर नयाँ सिरक, डसना, तक्या आदि बनाएर लैजान सकिने भएकाले ग्राहकहरु पनि दिनप्रतिदिन बढ्दै गएको उहाँको भनाई छ । त्यसैगरी जाडो सुरु भएसगँै दैनिक २५ देखि ३० हजारसम्मको व्यापार हुने गरेको उहाँ बताउनु हुन्छ ।
सिरक, डसनाका व्यापारे मात्र होइन बजारमा अन्य न्यानोका कपडाहरु जस्तै जकेट, स्वीटर, पछ्यौरा स्कार्फ, मफलर, सल, पन्जा, आदिको व्यापार पनि बढ्दै गएको व्यापारीहरु बताउछन् ।

जाडोमा आफूलाई चाहिने कपडाहरु किनमेल गर्न दैनिकजासो ग्राहकहरु आफ्नो पसलमा भिडहुने गरेको धादिङ फेशन हाउसका संचालक नवराज कोइरालाले बताउनु भयो । जाडो लागेसगैँ दैनिक ३५ देखि ४० हजारको व्यापार हुने गरेको उहाँले बताउनुभयो ।