मंसिर २७, धादिङ ।
समानुपातिक निर्वाचन अन्तर्गत धादिङमा एमाले पहलिो भएको छ । प्राप्त मतपरिणाम अनुसार जिल्लामा नेकपा एमाले पहिलो, नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी पार्टी मतका आधारमा तेस्रो भएका छन् ।  जसअनुसार नेकपा एमालेले समानुपातितर्फ प्रतिनिधि सभा क्षेत्र नम्वर १ र २ बाट ५८ हजार ९ सय ५० मत प्राप्त गरेको छ ।

यसैगरी नेपाली कांग्रेसले दुवै क्षेत्रबाट गरी ४२ हजार २ सय ७० मत प्राप्त गरेको छ भने नेकपा माओवादी केन्द्रले २५ हजार ७ सय ७९ मत प्राप्त गरेको छ । मत संख्याको आधारमा जिल्लामा एमाले कांग्रेसभन्दा १६ हजार ६ सय ८० मतले अगाडि रहेको छ । समानुपाति तर्फ प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा नेकपा एमालेको ३५ हजार ७ सय ४० मत, नेपाली कांग्रेसको १८ हजार ४ सय ९ मत र नेकपा माओवादी केन्द्रको १४ हजार १ सय १७ मत रहेको छ  ।

यसैगरी प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा नेकपा एमालेको २३ हजार २ सय १० मत, नेपाली कांग्रेसको २३ हजार ८ सय ६१ मत र नेकपा माओवादी केन्द्रको ११ हजार ६ सय ६२ मत रहेको छ । प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा नेपाली कांग्रेस एमाले भन्दा ६ सय ५१ मतले अगाडि रहेको छ । यसैगरी प्रदेश तर्फ प्रदेश सभा क्षेत्र नम्वर १ (क)मा नेकपा एमालेको १९ हजार ४ सय ९१, नेपाली कांग्रेसको ९ हजार ९ सय २ र नेकपा माओवादी केन्द्रको ६ हजार ४ सय ६० मत रहेको छ । यसैगरी प्रदेश सभा क्षेत्र नम्वर १ (ख)मा नेकपा एमालेको १४ हजार १ सय ३४, नेपाली कांग्रेसको ७ हजार २ सय ७३ र नेकपा माओवादी केन्द्रको ८ हजार १ सय ७० मत रहेको छ ।
यस्तै प्रदेश सभा क्षेत्र नम्वर २ (क)मा नेकपा एमालेको १२ हजार ५ सय ३०, नेपाली कांग्रेसको १५ हजार ३ सय ५६ र नेकपा माओवादी केन्द्रको ५ हजार ९ सय ६४ मत रहेको छ भने प्रदेश सभा क्षेत्र नम्वर २ (ख)मा  नेकपा एमालेको ८ हजार ५ सय २०, नेपाली कांग्रेसको ७ हजार ५ सय २ र नेकपा माओवादी केन्द्रको ६ हजार ६ सय २६ मत रहेको जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख इश्वर सिंखडाले बताउनुभयो ।
समानुपातिकको प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा विवेकशिल साझा पार्टीले १ हजार २ सय ५ मत ल्याएको छ भने क्षेत्र नम्वर २ मा ४ सय २३ मत ल्याएको छ । यसैगरी विवेकशिल पार्टीले प्रदेश सभा क्षेत्र नम्वर १ (क) मा ८६७, १ (ख)मा ३ सय २६ मत ल्याएको छ भने प्रदेश सभा क्षेत्र नम्वर २ (क)मा ३ सय १० मत र प्रदेश सभाको २ (ख)मा ९४ मत ल्याएको छ ।

Facebook Comments