२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

‘चमत्कार’ बोलको गीत सार्वजनिक (भिडियो सहित)

‘चमत्कार’ बोलको गीत सार्वजनिक (भिडियो सहित)
सेयर गर्नुहोस्
०सेयर

गायक तथा संगीतकार एवं सञ्चारकर्मी लालकाजी श्रेष्ठको ‘चमत्कार’ बोलको गीत सार्वजनिक भएको छ । नयाँ वर्षको अवसर पारेर विहिबार स्काइ टिभि नेपाल युबट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

श्रेष्ठकै शब्द सिर्जना, संगीत र एरेन्ज रहेको गितमा पछिल्लो समय युवायुवतीमा बीचको प्रेम सम्बन्ध आउने मनमुटावलाई विभिन्न आरोप लगाई फसाउने प्रवृति बढ्दै गएको हुनाले सोही गित मार्फत् विषय वस्तु उठान गर्न खोजिएको छ ।

मनिष श्रेष्ठ र विनोद तमुको निर्देशन रहेको उक्त गीतको भिडियोमा कलाकार मनिष श्रेष्ठ, सरु तामाङ, बिनोद तमु, रवि भट्टराई, अनिष श्रेष्ठ, प्रकाश अछामी लगायतको अभिनय रहेको छ ।

भिडियो हेर्नुहोस् :

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।