२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अव्यवस्थित बन्दै धादिङबेसीको बसपार्क ! (फोटो फिचर)

अव्यवस्थित बन्दै धादिङबेसीको बसपार्क ! (फोटो फिचर)
सेयर गर्नुहोस्
०सेयर

२ बैशाख, २०७९
धादिङ – धादिङ जिल्लाको सदरमुकामस्थित पुच्छारबजारमा रहेको बसपार्क झट्ट हेर्दा डम्पिङ स्थल जस्तो देखिन थालेको छ । बसपार्क घाम लागेको समयमा धुलो र पानी परेको समयमा हिलो हुने अवस्था जिउँका तिउँ छ ।

अहिले बसपार्क कवाडी जम्मा गर्ने स्थल, थोत्रो गाडी राख्ने अव्यवस्थित स्थल बनेको छ । स्थानीय सरकार बनेको यस समयावधिमा जिल्लाभित्रका धेरै भौतिक पूर्वाधार र विकास निर्माणका कामहरु भएका छन् । तर बसपार्क भने विकास निर्माणबाट ओझेलमा परेको छ ।

नीलकण्ठ नगरपालिका आफ्नो आन्तरीक कार्यसम्पादनमा देशैभरिमा अब्बल नगरपालिकाको सुचीमा परेको छ । सदरमुकाम धादिङबेसीमा रहेको बसपार्कले भने त्यही अब्बल निलकण्ठ नगरपालिकालाइ गिज्याईरहेको छ । धादिङबेसीबाट दैनिक रुपमा जिल्लाबाहिर काठमाडौं, पोखरा, चितवन र विरगंजसम्म बस सेवा संचालनमा रहेको छ । साथै जिल्लाको अधिकांश स्थानमा बस सेवा संचालन भइरहेको छ ।

सामान्य रुपमा सार्वजनिक यातायातका साधनहरु बसपार्कबाट छुट्ने र बसपार्कमा नै भित्रने गरेको पाईन्छ । तर धादिङमा भने त्यस्तो पाईदैन यातायातका साधनहरु बसपार्कबाट छुट्नुपर्दैन र भित्रिन पनि पर्दैन । अर्काे अच्चम्मको कुरा त बसपार्कमा कोहि यात्रुले टिकट लिन चाह्यो भने पनि सजिलै टिकट लिन सकिदैन ।



जहाँ सबै यातायात समितिको टिकट काउन्टर नै छैन । टिकट त मुख्य सडकको केहि घर र होटलहरुमा सजिलै प्राप्त गर्न सकिन्छ । बसपार्कमा धादिङ यातायात प्रा. लि.को एकमात्र टिकट काउन्टर छ । जिल्लामा अहिले आधा दर्जन भन्दा बढि यातायात सेवा प्रदान गर्ने संस्था र कम्पनीहरु रहेको छ । यी संस्थाहरु पनि आ–आफ्नै तरिकाले संचालित रहेको छ ।

स्थानीय सरकार र यातायात व्यवसायीहरुको आपसी समन्वय नहुनु, स्थानीय सरकार योजना र बजेट विनियोजन गर्ने कुरामा पूर्वाग्रही बनेका कारण बसपार्कलाइ व्यवस्थित गर्ने काममा पछी परेको स्थानीयले बनाएका छन् । बसपार्कमा आवश्यक भौतिक संरचना निर्माण, विधुत, पानी, शौचालय, सरसफाई र सुरक्षाको व्यवस्थापन गर्न सकेको खण्डमा बसपार्क राम्रो र व्यवस्थित हुने पनि बताएका छन् ।

हाल रहेको बसपार्क करिब ९ रोपनीको क्षेत्रफलमा रहेको छ । जुन जमिन यस अघि व्यवस्थित वसपार्क निर्माणको लागि भनि स्थानियहरुले निशुल्क रुपमा प्रदान गरेको थियो । अहिले बसपार्कको यो जिर्ण र अव्यवस्थित अवस्था देखेर आफ्नो जग्गाको अपमान भएको एक स्थानीय जग्गादाताले बताएका छन् ।

साथै बसपार्कलाइ व्यवस्थित गर्न पटक–पटक नीलकण्ठ नगरपालिकालाइ अनुरोध गर्दा पनि स्थानीयको माग सम्बोधनमा ध्यान नदिएकोले अब बसपार्क नै बन्द गरिदिने बसपार्कका स्थानीय तथा जग्गा दाताहरुले बताएका छन् ।

फोटोमा हेर्नुहोस् :

यो समाचार सेयर गर्नुहोस्
०सेयर
दोलख गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।