मंसिर २७,धादिङ ।
मंसिर १० गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निवर्चानमा धादिङमा समानुपाति तर्फमा पनि बदर मत धेरै भेटिएको छ । समानुपातिक तर्फ पनि धेरै मत बदर भेटिएको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जस अनुसार कुल १ लाख १५ हजार ३ सय ५५ जना मतदाता रहेको प्रतिनिधि सभा क्षेत्र नम्वर १ मा ७६ हजार ५ सय ११ मत खसेको थियो ।

जसमा ६ हजार २ सय ८० मत बदर भएको छ । यसैगरी क्षेत्र नम्वर २ मा १ लाख १८ हजार १ सय ५० मतदाता रहेकोमा ७८ हजार ७ सय ३२ मत खसेको र त्यसमा ५ हजार ८ सय ३ मत बदर भेटिएको छ । यसैगरी प्रदेश सभा क्षेत्र नम्वर १ (क)मा ६५ हजार ४ सय ५८ मतदाता रहेकोमा ४३ हजार ४४८ मत खसेको र त्यसमा ४ हजार ८ सय ३० मत बदर भएको छ ।

यसैगरी प्रदेश सभा क्षेत्र नम्वर १ (ख)मा ५२ हजार ६ सय ९२ मतदाता रहेकोमा ३५ हजार २ सय ८४ मत खसेको र त्यसमा ३ हजार ७ सय ३२ मत बदर भएको छ । यस्तै प्रदेश सभा क्षेत्र नम्वर २ (क) मा ६१ हजार १ सय १८ मतदाता रहेकोमा ४१ हजार २ सय ५९ मत खसेको र त्यसमा ४ हजार ६ सय ३६ मत बदर भएको छ । यसैगरी प्रदेश सभा क्षेत्र नम्वर २ (ख) मा ५४ हजार २ सय ३७ मतदाता रहेकोमा ३५ हजार ३ सय ३२ मत खसेको र त्यसमा ४ हजार १ सय ७६ मत बदर भेटिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षामा कमि भएको कारण बदर मत धेरै भएको निर्वाचन आयोगले स्विकार गरेको छ ।

Facebook Comments