
मंसिर २७, धादिङ ।
कृषि सामग्री पाएसङगै धादिङको साविकको किराञ्चोक गाविसका किसानहरु खुशि भएका छन् । लक्षित समुदायको जीवीकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले नेपाल भुकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले आज गजुरी गाउँपालिका स्थित किराञ्चोकका किसानहरुलाई कृषि सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकामा रहेका विभिन्न समुहहरु मध्ये लक्षित समुहक छनोट गरि सामग्री वितरण गरेको हो । जस अन्तर्गत आज साविकको किराञ्चोक गाविसका १६ वटा समुह लाई १३ वटा ट्याक्टर, १ वटा डिजिटल कुट्नी पिस्नी मिल, १२ वटा पम्प, ५वटा तराजु र ८ वटा धान झाट्ने मेसिन वितरण गरिएको छ ।
कृषि सामग्री पाएपछि अव काम गर्न पनि सजिलो हुने किसानहरु बताउछन् । पहिले तरकारी बारीमा हातेपम्पको प्रयोग गर्दा हात दुख्ने त्यही पनि अरुको मागेर काम गर्नुपर्ने बाध्यता थियो तर अहिले आफ्नो समुहमा भएपछि पालैपालो मिलर काममा प्रयोग गर्न सकिने किसानहरु बताउछन् ।
ट्याक्टर पाएपछि खेतिपातिको काममा पनि सहयोग पुग्ने र थोरै समयमा धेरै काम गरेर आम्दानी समेत गर्न सकिने उनीहरुको भनाई छ । पहिले भनेको समयमा गोरु नपाइने हुनाले खेतिपातीको काम गर्न एकदमै गाह्रो हुन्थ्यो तर अहिले आफ्नो समुहमा ट्याक्टर भएपछि एक जना आलो पालो गरेर चालाउन सकिने, खन्ने जोत्ने जस्तो झन्झट पनि नहुने गणेश थान आमा समुहकी विन्दा अधिकारीले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रयास नेपाल धादिङका कार्यकारी अधिकृत दामोदर अर्यालले सामग्री पाएपछि त्यसको सहि सदुपयोग गर्नु पर्नेमा जोड दिनुभयो । नेपाल सरकारको कृषिमा आधुनिकीकरणको निती तथा कार्यक्रमलाई टेवा पू¥याउने उद्देश्यले सामग्रीको हस्तान्तरण गरेको बताउदै उहाँले कृषिमा आधुनिकीकारण गर्नमा सवै किसानहरुलाई आग्रह समेत गर्नु भयो ।
गत मंसिर १८ गते साविको गजुरी गाविसका १० वटा र पिडाका ४ ओटा समुहलाई पनि कृषि सामग्री हस्तान्तरण गरिएको थियो ।