२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बस्तीमा बाढी छिरेपछि उद्धारमा वडा कार्यालय

बस्तीमा बाढी छिरेपछि उद्धारमा वडा कार्यालय

धादिङ,१० भदौ ।
धादिङको नीलकण्ठ नगरपालिका–१२ ज्यामुनेटारका रामकुमार श्रेष्ठको घर बाढीले पुरियो । आर सिसि ढलानको घरमाथि बाटै खोला बग्यो । बाहुन गाउँकी सावित्री ढकालको घरमा पनि भलबाढी छि¥यो । उनीहरुको घर भित्र रहेका अन्नपात, लत्ताकपडा अन्य सरसामानमा पनि क्षति पुग्यो ।

चेतनारायण श्रेष्ठको कुखुरा फर्म कामै नलाग्ने गरि नष्ट बन्यो । घरमा पनि क्षति पुग्यो । वडा भित्रका सडक सञ्जालहरु पहिरिए र पुरिएका छन् । यतिखेर वडा कार्यालयलाई उद्धार र मर्मत गर्न भ्याइ नभ्याइ छ । नीलकण्ठ १२ का वडा अध्यक्ष राजकुमार भण्डारी (धर्मराज) भन्नुहुन्छ,– ‘बाढीले नसोचेको क्षति पुग्यो । दिन रात उद्धार तथा मर्मत कार्यमा छौं । वडाबासीलाई मेरो अनुरोध छ । नडराउनुस्, नआत्तिनुस् वडा कार्यालय तपाईहरुको साथमा छ ।’

बस्तिमा खोला पसेपछि वडा कार्यालयले रातभर जस्तै भलबाढी पन्छाउन खटिए । वडा अध्यक्ष भण्डारी भन्नुहुन्छ,–‘बस्तिमा खोला पस्छ होला भनेर सोचेकै थिएनौं । त्यसैले पूर्व तयारी पनि खासै भएन । तर क्षति कम गर्न रातै भरी खटियौं । कतै घरै पुरियो । कतै पशुचौपाया पुरिए । बत्तीका पोल, सडक सञ्जाल ध्वस्तै भएका छन् । अत्यासै लाग्दो क्षति छ । हामी उद्धार तथा मर्मतको काममा लागि सकेका छौं । एक्साभेटर र जेसिविको प्रयोग गरी पाँच जना स्वयम् सेवक खटाएर धमाधम काम भैरहेको छ । केहि दिनमा वातावरण सहज बन्ला ।’

वडामा करिव करोड भन्दा माथिका क्षति पुगेको उहाँले बताउनुभयो । हामी उद्धार र मर्मतमा लागि परेका छौं । उहाँ थप्नुहुन्छ,–‘क्षतिले त्यति नोक्सान ग¥र्यो, जति हाम्रो क्षमता भन्दा बढी छ । तैपनि, नगरपालिकासँग समन्वय गरेर बाढीले नागरिकको घरमा पुगेको क्षतिको क्षतिपूर्तिमा पहल गर्छौ । क्षति पुगेका सडक सञ्जाल मर्मत गर्छाैं । नगरपालिकाले सहयोग गर्न सक्ने अवस्था भएन भने पनि बाढी प्रभावितलाई दुःखको घाउमा वडाले मलम लगाइरहेको छ र लगाउनेछ ।’ पारसमणी लम्सालको घर, शिवकुमार श्रेष्ठको घरको कम्पाउण्ड र इश्वरी कुमार लम्सालको माछापालनमा पूर्ण क्षति पुगेको उहाँले बताउनुभयो । बत्तीका पोल सडक सञ्जालहरुका ठूलो मात्रामा क्षति पुगेको छ । खेतबारी तटबन्ध लगायतका क्षेत्रमा क्षति पुगेको उहाँले बताउनुभयो ।

नीलकण्ठ–१२ कै आलडाँडा भन्दा माथीबाट सडकमा जम्मा हुँदै आएको भल हेमपाइपहरुले नधानेपछि सडक र बारीका कान्लाहरु भत्काउदै वस्तीमा ओइरिएको स्थानीयहरुले बताए । भल निकासको काम व्यवस्थित नबन्दा भिरालो जमिन लेदो माटो ढुंगासहितको भलले ठूलो क्षति पुगेको स्थानीयको गुनासो छ ।

यो समाचार सेयर गर्नुहोस्
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।