२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मिटर व्याजीबाट पीडित धादिङका ३ जनाले दिए उजुरी

मिटर व्याजीबाट पीडित धादिङका ३ जनाले दिए उजुरी
सेयर गर्नुहोस्
०सेयर

मिटर व्याजीबाट पीडित धादिङका ३ जनाले उजुरी दिएका छन् ।

गजुरी गाउँपालिका २ धादिङका दिवाकर बिष्टले ८ लाख रकम ऋण लिएको तर लिएको ऋण तिरिसक्दा पनि तिर्न बाँकी भनेर मागिरहेको भनि उजुरी दिएका छन् । गजुरी गाउँपालिका १ धादिङकी चन्द्रमाया लम्सालले जग्गा धितो राखेर दुई लाख रकम ऋण लिएको तर सावाँ व्याज दिन्छु जग्गा फिर्ता देउ भन्दा नमानेको भनि निवेदन दिनुभएको छ ।

उनीहरूले २०७९ भदौ ५ गते जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरी दिएका हुन् । त्यस्तै, निलकण्ठ नगरपालिका ४ धादिङकी मानकुमारी सार्कीले श्रीमान बिरामी भएको र घर बनाउदै गर्दा साहुँसङ्ग ऋण लिएको तर अहिले साहुले धम्कि दिएको भनि ५ जनाको नाममा यहि भदौ ८ गते जिल्ला प्रशासन कार्यालय धादिङमा उजुरीदिनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
अर्जुन श्रेष्ठ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।