२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

म्यादी प्रहरीमा भर्ना हुन युवाहरुको आकर्षण

म्यादी प्रहरीमा भर्ना हुन युवाहरुको आकर्षण
सेयर गर्नुहोस्
०सेयर

म्यादी प्रहरीमा भर्ना हुन युवाहरुको आकर्षण बढ्दो देखिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सुरक्षामा म्यादी प्रहरीमा भर्ना हुन २ लाखभन्दा धेरै व्यक्तिले दरखास्त दिएका छन् । यि मध्ये अकिांस युवाहरु छन् । देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न निवेदन परेको नेपाल प्रहरीले जनाएको छ ।

कार्यालयका अनुसार १ लाख ७१ हजार ७ सय १८ जना पुरुष र ६० हजार ३ सय ७० जना महिलाले आवेदन दिएका छन् । दरखास्त दिएका मध्येबाट १ लाख १५ हजार म्यादी प्रहरीमा छनोट हुनेछन् ।

असोज ९ बाट म्यादी प्रहरीको छनोट सुरु हुने पनि कार्यालयले बताएको छ । आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सरकारले भदौ ३० देखि हिजोसम्म म्यादी प्रहरीको लागि निवेदन माग गरेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।