लाङ्घाली बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रममा ५२ जनाले रक्तदान गरेका छन् । संस्थाले आफ्नो १५ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
विहिबार सहकारीको प्राङगणमा सम्पन्न भएको रक्तदान कार्यक्रममा १३ जना महिला र ३९ जना पुरुष गरि ५२ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
लाङ्घाली बहुउदेश्यीय सहकारी संस्था लिमिटेड धादिङको आयोजना तथा नेपाल मगर संघ जिल्ला समन्वय समिती धादिङको सहयोग र नेपाल रेडक्रस सोसाईटी रक्तसञ्चार सेवा केन्द्र धादिङको प्राबिधिक सहयोग रहेको थियो ।











