२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भैरवी माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले गरे रक्तदान

भैरवी माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले गरे रक्तदान
सेयर गर्नुहोस्
०सेयर

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ६ सुनौलाबजारमा रहेको भैरवी माध्यमिक विद्यालयले आयोजना गरेको रक्तदान कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रममा २७ जना महिला र २७ जना पुरुष गरि ५४ जनाले रक्तदान गरेको रेडक्रस धादिङका उपमन्त्री नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो । विजय दशमी, शुभ दिपावली, नेपाल संम्वत ११४३ र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा कक्षा ११ का विद्यार्थीलाई स्वागत, साथै १२ कक्षाका विद्यार्थीहरुलाई विदाई कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।

विद्यालयले आयोजना गरेको रक्तदानमा रेडक्रस धादिङको प्राविधिक सहयोग रहेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।