२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मेलमिलाप युवा समाजको सरसफाई कार्यक्रम

मेलमिलाप युवा समाजको सरसफाई कार्यक्रम

दशै लगाएतका महान चाडहरु नजिकिदै गरेको साथै डेंगुको प्रकोप न्यूनिकरणको लागि मेलमिलाप युवा समाज धादिङले सरसफाई अभियान सञ्चालन गरेको छ ।

युवा समाजले धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा ४ स्थित भोक्टेनी देखि तल्लो घोर्मुसम्म सरसफाई गरेको छ ।

सडक, चौतारा लगाएत सार्वजनिक स्थलहरु सरसफाई गरिएको मेलमिलाप युवा समाज धादिङका अध्यक्ष श्याम लामाले जानकारी दिनुभयो ।

मेलमिलाप युवा समाज धादिङ र तल्लो घोर्मु दुईघरे नमुना टोल विकास संस्थाको संयुक्त आयोजनामा शनिबारदेखि सुरु गरिएको सरसफाई कार्यक्रम आईतबार समापन गरिएको लामाले बताउनुभयो । उक्त सरसफाई कार्यक्रममा दुबै संस्थाका प्रतिनिधी लगाएत स्थानीयहरुको सहभागिता रहेको थियो ।

फोटोमा हेर्नुहोस् सरसफाई कार्यक्रम

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।