दशै लगाएतका महान चाडहरु नजिकिदै गरेको साथै डेंगुको प्रकोप न्यूनिकरणको लागि मेलमिलाप युवा समाज धादिङले सरसफाई अभियान सञ्चालन गरेको छ ।
युवा समाजले धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा ४ स्थित भोक्टेनी देखि तल्लो घोर्मुसम्म सरसफाई गरेको छ ।
सडक, चौतारा लगाएत सार्वजनिक स्थलहरु सरसफाई गरिएको मेलमिलाप युवा समाज धादिङका अध्यक्ष श्याम लामाले जानकारी दिनुभयो ।
मेलमिलाप युवा समाज धादिङ र तल्लो घोर्मु दुईघरे नमुना टोल विकास संस्थाको संयुक्त आयोजनामा शनिबारदेखि सुरु गरिएको सरसफाई कार्यक्रम आईतबार समापन गरिएको लामाले बताउनुभयो । उक्त सरसफाई कार्यक्रममा दुबै संस्थाका प्रतिनिधी लगाएत स्थानीयहरुको सहभागिता रहेको थियो ।
फोटोमा हेर्नुहोस् सरसफाई कार्यक्रम
