२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाईने, वडा तहमै टोली खटाएर अभियान थाल्ने (भिडियो)

धादिङमा सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाईने, वडा तहमै टोली खटाएर अभियान थाल्ने (भिडियो)

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले धादिङका सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउन वडा तहमै टोली खटाएर अभियान थाल्ने भएको छ । गल्छी गाउँपालिकाका वडाहरुबाट अभियान सुरु गर्न लागेको हो ।

पञ्जीकरण विभागबाटै खटिएका कर्मचारीहरुको टोलीले जिल्लाका सबै वडाहरुमा पुगेर नागरिकको राष्ट्रिय परिचयपत्र फारम भर्ने लक्ष्य लिएको छ । विहिबार गल्छी बैरेनीमा जिल्लाका १३ वटै स्थानीय तहका प्रमुखहरूको उपस्थितिमा यस्तो जानकारी दिएको हो । शुक्रबारदेखि नै आवश्यक जनशक्ति परिचालन गरी क्रमशः जिल्लाका एक सय चार वटै वडामा पुगेर सबै नागरिकको राष्ट्रिय परिचयपत्र बनाउने तयारी थालिएको छ ।

विभागले अहिलेसम्म ३९ जिल्लामा अभियान पूरा भएको छ भने १३ जिल्लामा अहिले अभियान सञ्चालन भइरहेको छ । छापिएको कार्ड अब चाँडै वितरण गर्ने पनि विभागको लक्ष्य रहेको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक कृष्ण प्रसाद पौडेलले बताउनुभयो । अभियान संचालनपछि राष्ट्रिय परिचयपत्रका लागि जिल्ला प्रशासन कार्यालयमा रातभर लाइन बस्नुपर्ने समस्या समाधान हुनेछ ।

नागरिकता, राहदानी, जग्गा धनीपुर्जा, मतदाता परिचयपत्र लगायतका दुई दर्जन बढी परिचयपत्रको सरकारले एकीकृत रूपमा राष्ट्रिय परिचयपत्र वितरण गर्न थालेको हो । हरेक वडामा विभागले आवश्यक उपकरणसहित टोली परिचालन गर्ने र तोकिएको अवधिभित्रै प्रक्रिया पुगेका सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने तयारी भएको छ ।

स्थानीय जनप्रतिनिधिहरूले पनि अभियानमा पूर्ण साथ दिने प्रतिबद्धता जनाएका छन् । सरकारले पहिलो चरणमा राहदानी बनाउनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेकाले जिल्ला प्रशासनमा भीड लाग्ने गरेको छ । तर आकस्मिक रूपमा परिचयपत्र चाहिनेका लागि सरकारले काठमाडौंमा पनि व्यवस्था गरेको छ । राष्ट्रिय परिचयपत्रमा नागरिकका सम्पूर्ण जैविक तथा वैयक्तिक विवरण संकलन गर्नेछ ।

भिडियो हेर्नुहोस् :

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।