२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

वागी उम्मेद्वार रमेश धमलाले फिर्ता लिए आफ्नो उम्मेदवारी

वागी उम्मेद्वार रमेश धमलाले फिर्ता लिए आफ्नो उम्मेदवारी
सेयर गर्नुहोस्
०सेयर

नकेपा एमालेमा उम्मेद्वारी फिर्ताको विषयलाई लिएर आरोपप्रत्यारोप चलेपनि नेपाली कांग्रेसमा भने सहमतीमा उम्मेद्वारी फिर्ता भएको छ ।

धादिङ निर्वाचन क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएका नेपाली काँग्रेस धादिङका नेता तथा पुर्वसभापति रमेश धमलाले उम्मेद्वारी फिर्ता गर्नुभएको हो । हेलिकप्टर नै चढेर निर्वाचन आयोगले तोकेको समयमा आईपुगी उम्मेद्वारी फिर्ता लिनुभएको हो ।

सभापति धमलाले कार्यकर्ताको अनुरोधलाई स्विकार गर्दै सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेस जिल्ला सभापति रामनाथ अधिकारीलाई सघाउने बताउनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
रेखबहादुर गुरुङ लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।