पुस १६, धादिङ ।

४२ औं राष्ट्रिय मेलमिलाप दिवस धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

राष्ट्रियता, प्रजातन्त्र र समृद्धि मेलमिलापबाट मात्रै सुनिश्चित गर्न सम्भव हुने भन्दै नेपाली काँग्रेसले अवलम्बन गरेको मेलमिलापको नीतिको अपरिहार्यता अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले आज देशभर विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय मेलमिलाप दिवस मनाइएको हो ।

यसै सन्दर्भमा जिल्ला सदरमुकाम धादिङवेशीमा आज नेपाली कांग्रेस धादिङले मेलमिलापको निति र आजको सन्दर्भ विषयक प्रवचन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले बीपी कोइरालाको मार्गदर्शनलाई आत्मसात गरेर अगाडी बढ्न सके मात्र आफुहरुले मेलमिलाप दिवसको सार्थकता रहने बताउनु भयो ।

त्यसैगरी जवसम्म राष्ट्र आत्मनिर्भर बन्न सक्दैन तवसम्म राष्ट्रियता बलियो नहुने, जवसम्म राष्ट्रियता बलियो वनाउन सकिदैंन तवसम्म बीपीले राष्ट्रियताको सन्दर्भमा लिनुभएको विचार र मेलमिलापको निति सफल नहुने उहाँको भनाई छ ।

कार्यक्रममा बोल्नुहुदै नेपाली काङ्ग्रेस धादिङका सभापति रमेश धमलाले जनताको संमृद्धी नै बीपीको निति र विचार भएको बताउदै आफुहरुको राजनीतिक यात्रालाई देशको संमृद्धी तर्फ अगाडी बडाउनको लागी सबैमा आग्रह गर्नु भएको छ ।

Facebook Comments