
पौष २७,धादिङ ।
स्वास्थ्य मन्त्री दिपक बोहराले जिल्ला अस्पताल धादिङमा रहेको २५ शैयालाइ पचास शैयामा पु¥याउन आफ्नो पुर्ण सहयोग र साथ रहने बताउनुभएको छ । धादिङबेशिमा आईतबार आयोजित धादिङ जिल्लालाइ पुर्ण खोप जिल्ला सुनिश्चितता घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा बोल्दै उहाँले जिल्ला अस्पताल धादिङको फाइल विविध कारणले मन्त्रालयमा रोकिएको बताउँदै अव आउने क्याविनेटमा उक्त फाइल जाने र सम्वोधन हुने मन्त्री बोहराले विश्वास दिलाउनुभयो । फरक प्रसङ्गमा बोल्दै उहाँले भर्खरैमात्र सरकारले क्यान्सरका विमारी, दुवै वटा मृगौला फेल भएका तथा प्यारालाइसिस भएका विमारीलाइ जिविकोपार्जनका लागी दिने भनेको मासिक ५ हजार रुपैया अव आउने सरकारलाइ वोझ पार्न तथा अन्तिम समयमा सरकारको लोकप्रियता बढाउनका लागी नभएको बताउनुभएको छ । यस्तो रकमले विमारीलाइ प्रत्यक्ष रुपमा जिविकोपार्जनमा सहयोग गर्ने हुनाले अव आउने सरकारले यसलाइ अझै प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

”स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चिचता हाम्रो प्रतिवद्धता” भन्ने नाराकासाथ धादिङ जिल्लालाई आईतबार पुर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको छ ।
जन्मिएको १५ महिना उमेर भित्रका बालबालिकाहरुमा खोपको पहुच पुगेपछि धादिङलाई देशकै ३३ औं पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको हो । स्वास्थ्यमन्त्री दिपक बोहोरा आज धादिङबेशीमा आयोजित एक विशेष कार्यक्रमको बिच प्रतिवद्धतापत्रमा हष्ताक्षर गरेर जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्नुभएको हो ।
घोषणा कार्यक्रममा बोल्दै मन्त्री बोहोराले पूर्ण खोप युक्त जिल्ला बनेकोमा धादिङबासीले गर्व गर्नुपर्ने बताउनुभयो । उहाले आजको बच्चा स्वस्थ भए नेपालको भविष्य उज्यालो हुने भन्दै यो अभियान सबैको भएको बताउदै यसमा स्वास्थ्यकर्मीले बढि जिम्मेवारी लिनुपर्ने भए पनि नागरिक समाजको पनि यसमा त्यत्तिनै महत्वपूर्ण भूमिका हुने बताउनुभयो । कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले स्वास्थ्य आमसर्वसाधारणको आधारभुत आवश्यकता भएको बताउनुभयो ।
विभिन्न रोगबाट बच्न, अकालमै मृत्यु हुन नदिन खोपले सघाउने बताउँदै प्रमुख जिल्ला अधिकारी भण्डारीले समयमै अभिभावकले आफ्ना बच्चालाई खोप लगाउन जरुरी रहेकोमा जोड दिनुभयो । यस्तै जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक महेश्वर श्रेष्ठले सबै सर्बेक्षण गरेर मात्र धादिङ जिल्लालाई पुर्ण खोपयुक्त जिल्ला घोषणा अभियान सफल भएको बताउनुभयो ।
जिल्लाका सबै बालबालिकाले एक वर्ष भित्र ११ प्रकारका रोग विरुद्धको खोप पाएकाले पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सम्भव भएको र यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी दिनमा पनि पूर्ण खोपका लागि समाज जागरुक हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा गाउगाउ रही स्वास्थ्यक्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने २ नगरपालिका र ११ गाउपालिकाका १÷१ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरु तथा आमा समूह जिल्ला संजालका संयोजकलाई प्रशंसापत्रले सम्मान गरेको थियो । यस्तै स्वास्थ्यको क्षेत्रमा रही काम गर्ने विभिन्न गैरसरकारी संघसंस्थाहरुलाई पनि सम्मान गरिएको थियो । यस्तै जिल्लालाई पुर्णखोपयुक्त गर्ने अभियानमा सहयोग गरेको भन्दै स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधी लगायतलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रम भन्दा अघि पुछारबजारबाट विभिन्न जातजातीको संस्कृति झल्कने झाँकी सहितको ¥याली निकालिएको थियो ।