२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कार्तिक ५ गते भित्र हतियार बुझाउन धादिङ प्रशासनको आग्रह

कार्तिक ५ गते भित्र हतियार बुझाउन धादिङ प्रशासनको आग्रह

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासनकार्यालय धादिङले इजाजतसहित लिइएका हातहतियारहरू बुझाउन आग्रह गरेको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई ख्याल गर्दै गृह मन्त्रालयको परिपत्र बमोजिम प्रशासन कार्यालयमार्फत सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको हो । प्रशासनले कार्तिक ५ गते भित्र नजिकको प्रहरी ईकाईमा हातहतियार बुझाउन हतियार धनिहरुलाई आग्रह गरेको हो । गृह मन्त्रायलको असोज १३ गते बसेको सचिवस्तरिय निर्णयअनुसार जिल्ला भित्र रहेका ईजाजत प्राप्त र विना ईजाजतका हात हतियार स्वतस्फूर्त रुपमा बुझाउन प्रशासनले जारी गरेको सूचनामा भनिएको छ।

निर्धारित समयभित्र हातहतियार नबुझाई अटेर गरेमा त्यस्ता व्यक्तीको हातहतियार जफत गरि प्रचलित कानून बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ । असोज १४ गते सम्म हातहतियार बुझाउने समय दिएपनि हतियार धनिले हातहतियार बुझाउन नआएकोले पुन दोश्रो पटक सूचना प्रकाशन गरिएको पनि प्रशासनले जनाएको छ । बुझाईएको हातहतियार निर्वाचनको एकसाता पछि फिर्ता लैजान सकिने छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।