२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा शुक्रबार ५० जना डेंगुका संक्रमित थपिए

स्वास्थ्य कार्यालय धादिङका अनुसार २६ जना महिला र २४ जना पुरुषमा डेंगु संक्रमण देखिएको हो ।

धादिङमा शुक्रबार ५० जना डेंगुका संक्रमित थपिए
This image depicts an adult female Aedes aegypti mosquito feeding on a human subject with darker skin tone.
सेयर गर्नुहोस्
०सेयर

धादिङमा शुक्रबार ५० जना डेंगुका संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय धादिङका अनुसार २६ जना महिला र २४ जना पुरुषमा डेंगु संक्रमण देखिएको हो ।

शुक्रबार थपिएसँगै जिल्लाभर संक्रमितको संख्या १ हजार ५ सय ९४ पुगेको छ । अहिलेसम्म जिल्लाका ८ सय ७७ जना पुरुष र ७ सय १७ जना महिला संक्रमित भएका छन् । जसअन्तरगत सबैभन्दा बढि नीलकण्ठ नगरपालिकामा ९ सय ५८ रहेको छ भने गजुरीमा १०६ र धुनिवेशीमा ७३ जना रहेका छन् ।

यस्तै गल्छी र त्रिपुरासुन्दरीमा ६८ जना, ज्वालामुखीमा ६५, बेनिघाट रोराङमा ३९, सिद्धलेकमा ३८, गंगाजमुनामा २७, थाक्रेमा १७, नेत्रावती डवजोङमा १२, रुवीभ्यालीमा ९ र खनियाबास गाउँपालिकामा ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।