२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु

यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु
सेयर गर्नुहोस्
०सेयर

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु हुँदैछ।कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीप दान सुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यसवर्ष यमदीपदान आजदेखि सुरु हुने भए पनि काग तिहार भने भोलि परेको समितिका अध्यक्ष प्राध्यापकश्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ। यसैगरी धनत्रयोदशी (धनतेरस) पर्व पनि आज नै परेको छ ।

धनवन्तरी जयन्ती भने भोलि परेको छ। तिथिको घटबढका कारण कुकुर तिहार र लक्ष्मीपूजा सोमवार एकै दिन परेको समितिले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।