
पौष १७ गते, धादिङ ।
धादिङको कालुपाण्डे मार्ग अन्तरगत सिद्धलेक गाउपालिका वडा न १ कालिदह नजिकै मोटरसाइकललाइ ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार प्यावसन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी गम्भिर घाइते हुनुभएको छ ।
मलेखुबाट धादिङवेशी तर्फ आउदै गरेको बा ६८ प ३१२३ नम्वरको मोटरसाइकललाइ विपरित दिशाबाट जाँदै गरेको ना ५ ख ३७६४ नम्वरको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।
घाइते बुढाथोकीको टाउको र मुखमा चोट लागेकोले उपचारको लागी काठमाण्डौ लगिएको छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा भएपनि चालक भने फरार रहेको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ ।