२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

श्रीस्वास्थानी ब्रतकथा आजबाट आरम्भ

श्रीस्वास्थानी ब्रतकथा आजबाट आरम्भ

पुस १७, धादिङ ।

आजदेखी स्वास्थानी ब्रत सुरुभएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको हो ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन आज हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ भने बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने गरिन्छ ।

विशेषगरी विवाहित महिलाहरुद्वारा आफ्नो पतिको सुस्वास्थ्य र दीर्घायु अनि अविवाहित महिलाहरुद्वारा आफ्नो भावी पति अशल होस् भन्ने प्रार्थना स्वरूप यो व्रत बस्दै आएको पाइन्छ । एक महिनाको अवधिभरि श्रद्दाभक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी स्वस्थानीको कथा सुन्ने सुनाउने प्रचलन रहेको पाइन्छ ।

स्वस्थानी कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाई एक महिनासम्म श्री स्वस्थानीको व्रत लिएपछि आफ्नो मनोकांक्ष्या पूरा भएको हुँदा श्री स्वस्थानी व्रतकथा मनाउन शुरु गरिएको उल्लेख छ । एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ । चढाइएका प्रसादमध्ये सबैबाट आठ÷आठ पतिलाई, पति नभए छोरालाई र छोरा पनि नभए मीत छोरालाई एवम् मीत छोरा पनि नभए कामना सिद्ध होस् भनी नजिकको पवित्र नदीमा लगी बगाउने परम्परा रहि आउको छ ।

सय रोटी व्रतालु आफैँले फलाहार गरी रातमा जाग्राम बसिन्छ । स्वस्थानी शव्द “स्व” र “स्थान” गरी दुई शव्दमा “ई” प्रत्यय लागेर बनेको छ जसको अर्थ स्वस्थान वा आफ्नै स्थानमा रहने देवी भन्ने बुझिन्छ । स्वस्थानीको व्रत बस्नाले यस लोकमा सुख, सम्वृधि प्राप्त हुने र मृत्युपछि पनि कैलाशमा वास हुने विश्वास गरिन्छ ।
इति श्रीस्कंदपुराणे केदार्खंडे माघ्माहत्म्य..

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।