पुस १७, धादिङ ।

भुकम्प गएको ३२ महिना वितिसक्यो तर अझै पनि अधिकाशं भुकम्प प्रभावितहरु टहरामा छन् । सरकारले उपलब्ध गराएको पहिलो किस्ता लिइसकेका थोरै प्रभावितले मात्र घर निर्माण सुरु गरेका छन् । प्रभावितहरुले बल्लतल्ल घर बनाएका छन् ।

इन्जिनियरको निगरानिमा नै बनाएका घर पास नहुदा भुकम्प प्रभावितहरु समस्यामा परेका छन् । यस्तै समस्यामा परेका छन्, धादिङको गजुरी गाउँपालिकाका प्रभावितहरु । घर बनाउदा भनेको समयमा इन्जिनियरहरु गाउँमा नजाने, उनीहरुकै निगरानीमा बनेको घर पनि पास नगरिदिदा समस्या भएको प्रभावितहरु बताउछन् ।

पहिले ढुङगा माटो घर बनाउन हुन्छ तर नस राख्नुपर्छ भन्ने इन्जिनियरहरुले अहिले घर पास नगरिदिदाँ आवास अनुदानको दोस्रो र तेस्रो किस्ता लिन सकेका छैनन् । अहिले घर बनाउदाँ लागेको ऋण कसरि तिर्ने भन्ने चिन्ता परेको गजुरी गाउँपालिका वडा नं १ ठूलो भदौरेका लिला बहादुर अधिकारीले बताउनु भयो ।
घर पास नभएको समस्या लिएर गाउँपालिकामा आफु पटक–पटक इन्जिनियर बोलाउन गएतापनि इन्जिनियरहरु भने आफुसगँ समय नभएकाले भोलि आउने पर्सी आउने भन्दै टार्ने गरेको उहाँले बताउनु भयो ।

त्यस्तै घरमा परिवारको संख्या धेरै भएका कारण ठूला–ठूला कोठा बनाउदाँ घर पास नभएको गजुरी गाउँपालिका वडा नं १ ठूलो भदौरे कै राम बहादुर पाख्रिनले दुखेसो पोख्नुभयो ।

यसरी इन्जिनियरको निगरानिमै बनाएको घर इन्जिनियरले नै मापदण्ड विपरीत भएको भन्दै पास नगरिदिदा समस्या भएको प्रभावितहरुले गुनासो गरेका छन् ।

Facebook Comments