प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिएसँगै एमाले धादिङकाउम्मेदवार घरदैलो र मतदाता भेटघाटमा केन्द्रित भएका छन् । मतदातालाई आकर्षित गर्न ठूला सभा र कोणसभाभन्दा पनि अनौपचारिक भेटघाट र छलफललाई प्राथमिकता दिन थालेका छन् । सम्भव भएसम्म मतदाताका सबै घरमा पुग्ने र मतदातासँग भेटघाट गर्ने योजना रहेको एमालेका प्रदेश सांसद उम्मेदवार डा.रामकुमार अधिकारी बताउनुहुन्छ ।
अधिकारीले सोमबार नीलकण्ठ नगरपालिका वडा नं २ स्थित चिसापानी, सिम्ले, तिनघरे, भवनघर, वलीडाँडा, भुलभुले, केराबारी लगाएतका क्षेत्रमा मतदातासँग भेटघाट गर्नुभएको छ । घरदैलो कार्यक्रममा डा.अधिकारीले यसअघि भएका विकास र समृद्धिको कामलाई हेरेर यसपटक पनि मत दिन आग्रह गनुभएको छ ।
डा.रामकुमार अधिकारीको पहलमा लिफ्ट सिचाँई, सोह्रघरे खानेपानी योजना, दलित सामुदायिक भवन, जनजागरण तमु समाज भवन, देविथान्–काउने सडक, पानधारे काउले सडक, वलीडाँडा–सिम्ले सडक,ढोडेनी खानेपानी लगाएतका योजना सम्पन्न भएको छ । उहाँले मतदाताहरुसँग अबको पाँच बर्षमा पानधारे काउले सडक ग्रावेल, खेलकुद मैदान, खानेपानी लगाएतका कामहरु सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
यस्तै धादिङको क्षेत्र नं २ स्थित गंगाजमुनाको ताजिम्राङमा मतदाता भेटघाट तथा निर्वाचन प्रचारप्रसारमा पुग्नुभएका लोकतान्त्रिक वाम गठबन्धनका बाट नेपाली कांग्रेस धादिङका उम्मेदवार रामनाथ अधिकारीले बलियो ढंगबाट गठबन्धनलाई विजय गराउन सके मात्रै स्थायी सरकार हुने बताउनुभएको छ ।
मुलुकको अस्मिता बचाउन, संविधानको रक्षा गनर्, मुलुकमा स्थायित्व दिन र सवृद्धिको लागि गठबन्धन भएकाले पनि मत दिएर विजय गराउनुपर्नेमा जोड दिनुभएको छ ।











