२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने

एमालेले चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने
सेयर गर्नुहोस्
०सेयर

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चुनावी घोषणापत्र मंगलबार सार्वजनिक गर्ने भएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार मङ्सिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि मंगलबार दिउँसो साढे १ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँको एक होटलमा औपचारिक कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्ने तय भएको छ । एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो । घोषणापत्र निर्माणअघि सामाजिक सञ्जाल, टेलिफोनलगायतका सञ्चारमाध्यमबाट विभिन्न विषयवस्तुमाथि सुझाव सङ्कलन गरिएको थियो ।

काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राप्रपाले भने घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।