
पुस २०, धादिङ ।
राजधानीमा भएका छुट्टा छुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ । काठमाडौंको नयाँ बसपार्कमा रहेको ब्याट्री कारखाना अगाडि गएराती मोटर साइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमालम्जुङको पुरानोकोट–४ का २६ वर्षीय प्रेम बहादुर गुरुङ हुनुहुन्छ । प्रहरीकाअनुसार गएराती साँढे ११ बजे बालाजुबाट बनस्थलीतर्फ जाँदै गरेको बा८४प ६०१५ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेका गुरुङलाई ठक्कर दिएको थियो ।
गुरुङको उपचारको क्रममाआजबिहानमृत्यु भएको हो । त्यस्तै भक्तपुरको पाण्डुबजार सुन्दर बस्तीमा भ्यानको ठक्करबाट ३ महिने बालिकाको मृत्यु भएको छ ।
प्रहरीकाअनुसार बा१०च ४९२९ नम्बरको भ्यानले काभ्रे घर भई हाल पाण्डुबजार बस्ने ११ बर्षकालक्ष्मी घ्यावातामाङ्गलाई हिजो साँझठक्कर दिएको थियो । घाईते बालिकाको उपचारको क्रममा सिद्धि स्मृति अस्पताल भक्तपुरमागएरातीमृत्यु भएको प्रहरीले जनाएको छ ।