२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अमेरिकी फोटोग्राफरले सगरमाथा क्षेत्रमा खिचेको भाइरल हिमचितुवाको फोटो 'फेक'

अमेरिकी फोटोग्राफरले सगरमाथा क्षेत्रमा खिचेको भाइरल हिमचितुवाको फोटो 'फेक'
सेयर गर्नुहोस्
०सेयर

केही समय अगाडी मात्र एक अमेरिकी फोटोग्राफर कितिया पा‌वलोस्किले सगरमाथा क्षेत्रमा खिचेको बताइएको हिमचितुवाको फोटो सामाजिक सञ्जालमा निकै नै भाइरल भएको थियो । यद्यपि उक्त फोटो फेक (नक्कली) भएको दाबी आएको छ ।

अल्पाइन इन्टरनेशनल म्यागजिन नामक फ्रान्सेली अनलाइन म्यागजिनले कितियाले सगरमाथामा खिचेको भनेर दाबी गरेको तस्बिर फोटोशप गरिएको उल्लेख गरेको छ । म्यागजिनमा प्रकाशित 'द फेक स्नो लियोपार्ड: फोटोमोन्टेज स्प्रेड अराउन्ड द वर्ल्ड' नामक एक लेखमा उक्त हिमचितुवाको तस्बिर नक्कली भएको दाबी छ । हिमाल र आरोहीहरूको बारेमा लेख्ने उक्त म्यागजिनमा कितिया वास्तविक फोटोग्राफर पनि होइनन् तर उनको फोटोशप गर्ने सिप भने उत्कृष्ट रहेको उल्लेख गरेको छ ।

उनी वास्तविक फोटोग्राफर होइनन् भनेर उनको सामाजिक सञ्जालले पनि प्रमाणित गरेको छ । सामाजिक सञ्जालको यो समयमा कुनै पनि फोटोग्राफरले आफ्नो कामहरू सामाजिक सञ्जाल मार्फत देखाउन चाहन्छन् । तर कितियाको ५० हजार फलोअर्स भएको इन्स्टाग्राममा भने पाँचओटा मात्र फोटो छन्; एउटा उनको आफ्नै र बाँकी चार उनले खिचेको भनेको हिमचितुवाको फोटो ।

उनले खिचेको बताइएको हिमचितुवाको फोटोमा भने सगरमाथा क्षेत्रको स्थानहरू नै गलत छन् । साथै उनले खिचेको तस्बिरको विवरणको आधार मान्ने हो भने उनले दिएको पृष्ठभूमी र वास्तविक पृष्ठभूमी भने गलत रहेको अल्पाइनको दाबी छ ।

नेपालमा भने यो तस्बिरले निकै चर्चा पाएको थियो । नेपालका सञ्चार माध्यमहरूमा यो फोटो र फोटो खिच्ने अमेरिकी फोटोग्राफरको बारेमा राम्रै चर्चा पनि भएको थियो । यति मात्र नभएर सामाजिक सञ्जालका प्रयोगकर्ताबिच अमेरिकी फोटोग्राफरले खिचेको तस्बिर मात्र शेयर गर्ने नेपाली फोटोग्राफरले नै खिचेको तस्बिरलाई भने वास्ता नगर्ने भन्ने खालका विवाद पनि उठेको थियो । यो विषयले फेसबुक, ट्वीटर, टिकटक सबैतिर स्थान पाएको थियो ।
नेपालमा भने कितियाको तस्बिर अमेरिकी राजदुतावासले पनि शेयर गरेको थियो ।-टेकपाना

सगरमाथा क्षेत्रमा खिचेको बताइएको हिमचितुवाको फोटो यस्तो छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।