१० मंसिर,२०७९ धादिङ – नेपाली कांग्रेस धादिङले शनिबार सदरमुकाम धादिङबेसीमा बिजय ¥याली सहितको सभा गरेको छ । २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवारहरु सहितको सभा गरेको हो ।
दुईवटा संघिय निर्वाचन क्षेत्र र चार वटा प्रदेश सभा रहेको धादिङमा नेपाली कांग्रेसले दुई नम्बर क्षेत्रबाट रामनाथ अधिकारी, दुईकै प्रदेश १ बाट गोविन्द लम्साल र क्षेत्र नम्बर एकको १ बाट मदुकुमार श्रेष्ठले जितेको छ । नेपाली कांग्रेसका तीन वटै विजयी उम्मेदवारहरु वर्तमान सत्ता गठबन्धनका दलहरुको साझा उम्मेदवार रहेको थियो ।
क्षेत्र नम्बर २ बाट निर्वाचित रामनाथ अधिकारीले नेकपा एमालेका खेम प्रसाद लोहनीलाइ पराजित गरेको थियो । त्यसै गरि क्षेत्र नं.२ (१) मा गोविन्द लम्सालले एमालेका डा.रामकुमार अधिकारी र क्षेत्र नं १ (१) मा मदुकुमार श्रेष्ठले रमेश आचार्यालाइ पराजित गरेको थियो । यस पटकको निर्वाचनमा धादिङ जिल्लामा नेकपा एमाले शुन्य भएको छ ।

कार्यक्रममा गठबन्धन दलका अन्य पार्टीको भने सहभागिता रहेको थिएन। यस निर्वाचनको नतीजासंग धादिङमा विशेष गरी नेकपा माओवादी केन्द्रभित्र व्यापक असन्तुष्टि प्रकट भएको पाइन्छ । धादिङ छेत्र नम्बर २ को प्रदेश सभा २ मा गठबन्धन दलको उम्मेदवार एवं माओवादी केन्द्रका उम्मेदवार जगत सीमखडाले चुनाव हारेपछि असन्तुष्टि बढेको हो ।
Facebook Comments