धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा मंसिर ११ गते त्रिपुरासुन्दरी माई मेलाको अवसरमा सार्वजानिक विदा दिने भएको छ ।

गाउँपालिकाले एक सूचना जारी गर्दै विदा दिने निर्णय गरेको हो । यहि मंसिर ११ गते धादिङ जिल्लाकै प्रसिद्ध धार्मिक एवं पर्ययटकीय स्थलको रुपमा परिचित त्रिपुरासुन्दरी माई मेला अर्थात न्वागी मेलाको अवसरमा गाउँपालिका भित्रका सरकारी संघ संस्था,शिक्षण संस्था,वैङ्क तथ वित्तिय संस्थाहरुमा सार्वजानिक विदा दिने सुचनामा उल्लेख छ ।

मेलाकै अवसरमा मन्दिर संरक्षण समितिद्धारा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरिने र गणेश्थान युवा क्लवद्धारा प्रथम त्रिपुरासुन्दरी गोल्डकप पुरुष फुटवबल प्रतियोगीता पनि आयोजना भएको छ ।

Facebook Comments