प्रतिनिधिसभा तथा प्रदेशसभाको र समानुपातिकको मतगणना जारी छ। मतपरिणाम आउने क्रम अन्तिममा पुगेको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा (एमाले) ले सुरुआतदेखि नै अग्रता कायम गरिररहेको छ । एमालेको २२ लाख नाघ्दा कांग्रेससँगको अन्तर बढाउँदै १ लाख नघाएको छ।
यो समाचार तयार पार्दा सम्म ८३ लाख ३२ हजार मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २२ लाख ९० हजार ३ सय १७ मत प्राप्त गरेको छ। यस्तै नेपाली कांग्रेसले २१ लाख ५८ हजार ४ सय ८ मत पाएको छ। माओवादी केन्द्रले ९ लाख ५८ हजार ४ सय १८ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ९ लाख १८ हजार ४ सय ३५ मत पाएको छ।
यसैगरी समानुपातिकतर्फ राप्रपाले ४ लाख ८४ हजार ९३९ मत पाएको छ। जनता समाजवादी पार्टी जसपाले २ लाख ७९ हजार ९३९ मत पाएको छ। माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले २ लाख १८ हजार २११ मत पाएको छ। यो पार्टी थ्रेसहोल्ड कटाउन संघर्षरत रहेको छ। अहिलेसम्म यो पार्टीले २ दशमलव ६ प्रतिशत मात्रै मत पाएको छ। थ्रेसहोल्ड कटाउन ३ प्रतिशत मत प्राप्त गर्नै पर्छ। जनमत पार्टीले २ लाख १३ हजार १०३ मत पाएको छ। नागरिक उन्मुक्ति पार्टीले एक लाख ९६ हजार ६८६ मत पाएको छ। लोसपाले एक लाख १६ हजार ६५७ मत पाएको छ।
यसैगरी नेमकिपाले ६९ हजार ८२५ मत पाउँदा हाम्रो नेपाली पार्टीले देशभरबाट ४७ हजार ७२३ मत पाएको छ। जनमोर्चाको ४३ हजार १६ मत रहेको निर्वाचन आयोगको तथ्यांक छ।












