२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अजय देवगन अभिनित फिल्म दृश्यम-२ ले २०० करोड भारु कमायो

अजय देवगन अभिनित फिल्म दृश्यम-२ ले २०० करोड भारु कमायो
सेयर गर्नुहोस्
०सेयर

बलिउड अभिनेता अजय देवगन स्टारर दृश्यम-२ ले राम्रो कमाइ गरिरहेको छ ।

फिल्मले हालसम्म विश्वभर २०० करोड भारु कलेक्सन गरिसकेको छ । रिलिजको १० औं दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोडको दमदार कलेक्सन गरेको छ ।

योसँगै दृश्यम-२ कमाईका हिसाबले यो वर्षको पाँचौं ठूलो हिन्दी फिल्म बनेको छ । ६० करोडमा बनेको यो फिल्मको अहिलेसम्मको आँकडा निकै राम्रो मानिएको छ ।

दृश्यम-२ ले घरेलु बक्स अफिसमा हालसम्म १ सय ६९ करोडको ग्रस कलेक्सन गरिसकेको छ भने विदेशमा फिल्मले ३३ करोड कमाएपछि फिल्मको कुल कलेक्सन २ सय ३ करोड पुगेको छ ।

रिलिज भएको १० दिनमै मिड रेन्जको फिल्मको लागि यो व्यापार साँच्चै ठूलो छ ।-एजेन्सी

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।