
“धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि, पर्यटन जलश्रोत तथा उद्योगको पुर्वाधार” भन्ने मुल नाराका साथ धादिङमा सञ्चालन भएको आंठौं धादिङ महोत्सव आजदेखी सकिएको छ।
पुस ७ गतेदेखि संचालनमा रहेको आठौँ धादिङ महोत्सव एक कार्यक्रमका विच समापन गरिएको हो । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु प्रसाद थपलियाको अध्यक्षता सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सांसद गोविन्द लम्साल, पालिकाका अध्यक्ष, वडा अध्यक्ष, राजनीतिक दलका प्रमुख एवम प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
आठौं धादिङ ७० हजार भन्दा बढि दर्शकले महोत्सव अवलोकन गरेका छन् । भने ५ करोडको कोरोबार भएको आयोजकले जनाएको छ । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्नुहुँदै धादिङ क्षेत्र नं. २ का सांसद रामनाध अधिकारीले उत्तरी धादिङको पर्यटकिय क्षेत्रको विकासको लागि सडक संजालको विकास आवश्यक रहेको बताउनुभएको छ ।
विगतका महोत्सवले त्रिशुली वारी र पारी रहेको धादिङलाई पक्की पुलहरुको निर्माण गर्ने तथा अन्य विकासका योजना ल्याएर धादिङ जिल्लालाई एकीकृत बनाएको थियो उहाँले भन्नुभयो यो आठौं धादिङ महोत्सवले उत्तरी धादिङको रुविभ्यालीमा सडक संजाल पु¥याएर विकासको ढोका खोल्न राजनीतिक दलहरू एकजुट भएर लाग्नु पर्ने बताउनुभयो । आठौं धादिङ महोत्सवले स्थानीय उत्पादनको बिक्रि वितरण तथा बजारीकरण भएको उहाले बताउनु भयो ।
यो महोत्सवमा राखिएका धादिङका उत्पादनले धादिङलाई चिनाएको बताउनुभयो । रुविभ्यालीको रुवि, जवाङको सुन्तला, सल्यानटारको मास, खरीको पिँडालु, कृषि जन्य उत्पादन, गलैंचा, जडिबुटी तथा धादिङका उत्पादनहरुको विक्री बितरण तथा बजारीकरण भएको छ ।