
सिद्धलेक गाउँपालिकाको रिभरपार्क बिच रिसोर्ट आरुबासटारमा आजदेखी मेलमिलाप तालिम सुरु भएको छ । २५ गतेसम्म सञ्चालन हुने तालिममा अधिवक्ता रामकृष्ण अधिकारी लगायतले सहजीकरण गर्ने बताईएको छ ।
स्थानिय स्तरमा हुने स–साना झगडा, विवाद लगायतका घटना स्थानिय स्तरमै समाधान गरि शान्ती सौहार्दता मेलमिलाप कायम गरि स्थानिय विकास प्रकृयालाई टेवा पु¥याउन र सिमान्तकृत समुदायको सशक्तीकरण गरि सहभागीता मुलक तरिकाबाट विवाद समाधान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
तालिमको आज एक कार्यक्रमका विच गाउँपालिकाका उपाध्यक्ष एवम् न्यायिक समितिका संयोजक सविता अर्यालले उद्घाटन गर्नुभएको हो ।