२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रधानमन्त्रीलाइ संसदले दियो विश्वासको मत

प्रधानमन्त्रीलाइ संसदले दियो विश्वासको मत

प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । केही बेर अघि भएको मतदानबाट प्रधानमन्त्री प्रचण्डले २ सय ६८ मत प्राप्त गर्नुभयो । आजको बैठकमा २७० सांसद उपस्थित रहेका थिए ।

प्रधानमन्त्री प्रचण्डले संसदबाट विश्वासको मत प्राप्त गरेको प्रतिनिधिसभामा जेष्ठ सदस्यको हैसियतमा सभामुखको भूमिका निर्वाह गरिरहनुभएका पशुपति शमशेर जबराले जानकारी दिनुभयो । उहाँलाइ सत्ता गठबन्धनका सबै दल सहित काँग्रेस, जसपा, लोसपा सबैले विश्वासको मत दिएका छन् ।

प्रधानमन्त्रीलाइ नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले भने विश्वासको मत दिएनन् । मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र जनमोर्चाका चित्रबहादुर केसीले भने उहाँलाइ मत दिनुभएन ।

प्रधानमन्त्री प्रचण्डले संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत माग्नुभएको थियो । यस्तै सभामुखको निर्वाचन माघ ५ गते हुने भएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।