२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङको धुँवाकोटमा गोरु जुधाईसँगै कृषि मेला हुने

धादिङको धुँवाकोटमा गोरु जुधाईसँगै कृषि मेला हुने
सेयर गर्नुहोस्
०सेयर

माघे संक्रान्तिको अवसर पारेर जिल्लाको विभिन्न स्थानमा गोरु जुधाई प्रतियोगीताको आयोजना हुने गर्दछ । गाउँ स्तरमा रमाईलोको लागि मात्रै गोरु जुधाईने गरेकोमा पछिल्लो वर्षहरुमा मेला महोत्सवकै रुपमा गोरु जुधाई प्रतियोगीता हुँदै आएको छ ।

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर १४ धुवाँकोटस्थित भंगेरीमा यो वर्ष पनि गोरु जुधाई प्रतियोगीता हुने भएको छ । गोरु जुधाई प्रतिोगीतासँगै कृषि तथा हस्तकला प्रदर्शनी हुनेभएको छ । नीलकण्ठ नगरपालिकाको सहयोग र संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धन केन्द्र धुवाकोटको आयोजनामा गोरु जुधाई मेला तथा कृषि प्रर्दशनी मेला हुन लागेको हो ।

यस वर्ष १७ हल गोरु जुधाइने केन्द्रका अध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुुभयो । बुधबार धादिङबेसीमा पत्रकार सम्मेलनको आयोजना गरेर कार्यक्रमको तयारीबारे जानकारी गराएको हो । धुवाँकोटमा परम्परादेखिनै गोरु जुधाइने भएपनि केही समय रोकिएको गोरु जुधाई २०७१ सालदेखि व्यवस्थित रुपमा आयोजना गर्दै आएको श्रेष्ठले बताउनुभयो ।

गोरु जुधाई कार्यक्रम हरेक वर्ष आयोजना गर्दै आएको र यो वर्ष ढोला, झार्लाङ लगायतबाट पनि गोरु जुधाउन ल्याईने उहाँको भनाई छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।