२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सहुलियतपुर्ण कर्जा संचालन गर्न ग्लोबल आइएमई बैंक र निलकण्ठ नगरपालिका बिच सहकार्य

सहुलियतपुर्ण कर्जा संचालन गर्न ग्लोबल आइएमई बैंक र निलकण्ठ नगरपालिका बिच सहकार्य
सेयर गर्नुहोस्
०सेयर

सहुलियतपुर्ण कर्जा सहजीकरण तथा संचालन गर्ने सम्बन्धी ग्लोबल आइएमई बैंक लि. र निलकण्ठ नगरपालिका धादिङ बिच सहकार्य भएको छ । सहुलियतपुर्ण कर्जा सहजीकरण तथा संचालन गर्ने सम्बन्धी बैंक र नगरपालिका विच हस्ताक्षर भएको हो ।

निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङगाना र ग्लोबल आइएमई बैंकका कार्यकारी अधिकृत सुरेन्द्र राज रेग्मीले गर्नु भएको हो ।

मेयर उद्यमशिलता तालिम लिएर बसेका नगरबासीलाई नीलकण्ठ नगरपालिकाले व्यवसायिक कर्जामा प्रदान गरिने ब्याजमा अनुदान दिने उद्धेश्यले सहकार्य गरिएको बताईएको छ ।

सिप भएर व्यवसाय गर्न लगानी नभएका युवाहरुलाई लक्षित गरेर नगरपालिकाले व्यवसाय संचालन गर्न सहयोग गर्ने मेयर ढुंगानाले बताउनुभएको छ । यस्तै उपमेयर दिपक विश्वकर्माले कृषिलाई व्यवसायिक बनाउँदै एक वडालाई एक पकेट क्षेत्र बनाएर युवालाई उद्यमी बनाउने नगरपालिकाको लक्ष्य रहेको बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।