२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

राहदानी अनलाइन फारम अग्रिम बुकिङको समय बढ्यो

राहदानी अनलाइन फारम अग्रिम बुकिङको समय बढ्यो
सेयर गर्नुहोस्
०सेयर

सेवाग्राहीको सहजताको लागि जिल्ला प्रशासन कार्यालय धादिङले राहदानी अनलाइन फारम अग्रिम बुकिङको समय आज शुक्रबारदेखि बढाएको छ ।

विद्युतिय राहदानी आवेदनका लागि आज ३ बजेदेखि एकसाथ आगामी एक महिना सम्मको लागि अग्रिम बुकिङ खोलिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । यसअघि हरेक शुक्रबार ३ बजे एक हप्ताको लागि एपोईनमेन्ट डेटको बुकिङ खोलिदै आएको थियो ।

यस्तै अनलाईन फारम भर्दा धेरै त्रुटीपूर्ण विवरणहरु भर्ने गरिएको, आवश्यक कागजातहरु अपलोड हुने गरेको समेत पाईएको भन्दै अनलाईन फारम भर्दा सहि स्पष्ट विवरण र आवश्यक कागजात समेत अपलोड गरिदिन अनुरोध पनि गरेको छ ।

साथै आफ्नो एपोईन्टमेन्ट डेट जुन दिन परेको हो सोही दिन मात्र आवश्यक कागजात सहित उपस्थित हुन पनि सूचना मार्फत प्रशासनले अनुरोध गरेको छ । राहदानी अनलाइन फारम अग्रिम बुकिङको समय थपपछि केही सहज हुने सेवाग्राहीले अपेक्षा गरेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।