२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रथम जलमुखी धार्मिक तथा पर्यटनको महोत्सवको तयारी पुरा

प्रथम जलमुखी धार्मिक तथा पर्यटनको महोत्सवको तयारी पुरा

प्रथम जलमुखी धार्मिक तथा पर्यटनको महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ । भोली फागुन २१ गतेदेखी २३ गते सम्म हुने महोत्सवको सम्पूर्ण तयारी सकिएको आयोजकले जनाएको छ ।

महोत्सवको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उद्घाटन गर्नुहुने ज्वालामुखी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष किशोर सेडाईले जानकारी दिनु भयो । ज्वालामुखी गाउँपालिका वडा नम्बर – ६ को आयोजना तथा जलमुखी मन्दिर संरक्षण समिती व्यवस्थापन र ज्वालामुखी गाउँपालिकाको सहयोगमा महोत्सव हुन लागेको हो ।

महोत्सवमा ईन्द्रेणीको टिम सहित राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, टिका सानु, रविन लामिछाने,अस्मिता डल्लाकोटी, सिताराम परियार, बासु सिंखडा, रितु तामाङ लगायत स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने महोत्सव प्रचारप्रसार समितीका संयोजक लीला मान वाडाले जानकारी दिनु भयो ।

धादिङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु मध्य जलमुखी मन्दिर पनि एक ऐतिहासिक स्थल हो । जलमुखी मन्दिरमा हरेक बर्ष फागु पुर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।