नुवाकोटको दुप्चेस्वर गाउँपालिका वडा नं ४ बेतिनीको धारापानीमा सुमो दुर्घटना हुदाँ २ जनाको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा दुप्चेश्वर गाउपालिका वडा नं ४ कै स्थानीय बर्ष २५ को छिरिंग तामाङ र बर्ष १३ को मनमाया तामाङ रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य ४ जना  गम्भीर घाईते भएका छन् । गम्भीर घाईतेहरुलाई काठमाडौँ लागिएको छ ।
शुक्रबार अपरान्ह २ बजे काठमाडौँ समुन्द्रटार रुटमा चल्ने ना १ ज ३९८४ नम्बरको टाटा सुमो दुप्चेश्वर ४ बेतिनी धारापानी बाट चौघडा आफन्तकहाँ जानको लागी रिजभमा यात्रु लिएर फर्कदै थियो । बसमा ११ जना यात्रु सवार थिए।
Facebook Comments