२०८३ कार्तिक १७, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पृथ्वीराजमार्ग आज केहि घण्टा सवारी आवागमन बन्द हुने

पृथ्वीराजमार्ग आज केहि घण्टा सवारी आवागमन बन्द हुने

पृथ्वी राजमार्ग अन्तरगत धादिङ र चितवन जोड्ने बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारस्थित आज सोमबार सवारी आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै मुग्लिन–मलेखु सडक योजना (पश्चिम खण्ड) अन्तर्गत मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले २०८३ साल कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउंसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ।

निर्माण कार्यका क्रममा उक्त स्थान भएर सञ्चालन हुने सबै प्रकारका सवारी साधनको आवागमन रोक लगाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।

प्रशासनले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न तथा सवारी चालक र सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल