धादिङको निलकण्ठ नगरपालिका स्थित ज्यामरुङका गुठी समस्याको समाधान गर्न माग गर्दै सासंद विना लामाले सरकारको ध्यानकषर्ण गराउनुभएको छ ।

शुक्रबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद लामाले सरकारको सँग यस्तो माग गर्नुभएको हो । ज्यामरुङ वायु गुठीका ३५ सय घर धुरीका जनताहरुलाई समस्या भएको सांसद लामाले जानकारी गराउनुभयो ।

२०३२ सालको नापी देखी नै जग्गाधनी पुर्जामा व्यक्ती नाम कायम रहेको र तिरो पनि तिर्दै आएको भएपनि गणतन्त्र पछि जग्गाधनी पुर्जामा मोही नाम लेखिदिएकोले ज्यामरुङका जनताले कारोवार गर्न कठिनाई भएको गुनासो आएकोले त्यस क्षेत्रका जनताको समस्या समाधान छिटो भन्दा छिटो होस भनेर ध्यानकष्र्ण गराउनु चाहन्छु सांसद लामाले भन्नुभयो ।

 

Facebook Comments