१५ बैशाख , धादिङ

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाले ३३ करोड ५० लाख ७६ हजार ३३ रुपैयाँ नाफा गरेको छ । गत आर्थिक वर्ष ३१ करोड ५८ लाख ४१ हजार २३९ रुपिया नाफा गरेको संस्थाले करिव २ करोडले यो आर्थिक वर्षमा नाफा वृद्धि गरेको हो ।

धादिङ जिल्लामा शुक्रबार सम्पन्न संस्थाको नवौं साधारण सभाले शेयरधनीलाई १५ प्रतिशतले हुन आउने ८ करोड ८० लाख १ हजार २४६ बोनश शेयर वितरण गर्ने पारित गरेको संस्थाका अध्यक्ष केशव प्रसाद आचार्यले बताउनुभयो ।

अहिले देश आर्थिक संकटको अवस्थामा छ । उहाँले भन्नुभयोे,– ‘हामीले १५ प्रतिशत लाभांश दिने पारित गरेका छौं । संस्थाले दिन सक्ने समयमा ८० प्रतिशतसम्म लाभांश पनि दिएका थियौं । तर अहिले समय र अवस्था हेरेर १५ प्रतिशत पारित गरेका हौं । संस्थाको यो प्रगति गौरव गर्न लायक छ । संस्थाको चुक्तmा पुँजी ६७ करोड ४६ लाख ७६ हजार २१९ रुपियाँ पु¥याउने प्रताव पारित भएको छ ।’ उहाँले भन्नुभयोे ।

विश्वमा आर्थिक वृद्धिदर करिव ३ प्रतिशत मात्र रहेको उहाँले बताउनुभयो । तर नेपालकोे आर्थिक वृद्धिदर ४ प्रतिशत आउने अपेक्षा गरिएको छ । उहाँले भन्नुभयोे,– ‘देशको आर्थिक वृद्धिदर बढाउन लघुवित्तले पनि ठूलो भूमिका खेलेको छ । लघुवित्त मार्फत आर्थिक विकास र समुन्नत समाजको परिकल्पना लिएर अघि बढेका छौं । तर सघर्ष समिति बनाएर लघुवित्तबाट ऋण लिएका पैसा मिनाहा गर्न आन्दोलन समेत भएका छन् । ऋण लिएपछि तिर्नुपर्छ ।

लघुवित्तले समाजका विपन्न तथा गरीब वर्गको जीवनस्तर माथि उठाउने र राष्ट्रको गरिबी न्यूनिकरणमा टेवा पु¥याउने लक्ष्यका साथ लगानी गरिरहेको छ ।’ उहाँले भन्नुभयोे ।

धादिङ जिल्लाको नीलकण्ठ नगरपालिकामा वि.स.२०७१ असार १८ गतेबाट नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था शुरु गरिएको हो । ६४ जिल्लाको १०१ वटा शाखाबाट सेवा प्रवाह गरिरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले बताउनुभयो । संस्थाले करिव एक लाख ५० हजार विपन्न परिवारलाई सेवा पु¥याउदै आएको छ ।

उहाँले भन्नुभयोे,– ‘७९ हजार भन्दा बढी सदस्यहरुलाई विभिन्न परियोजना सञ्चालन गर्न ११ अर्व ४२ करोड कर्जा लगानी गरिरहेको छ । त्यस्तै, कुल बचत ३ अर्व २४ करोड संकलन गरेको छ । विपन्न परिवारलाई कुखुरा पालन, तरकारी खेती, वाख्रा पालन, वंगुर पालन जस्ता कृषि क्षेत्र र साना व्यवसाय तथा पसल सञ्चालन गर्न ऋण लगानी गर्दै आइरहेको छ ।’

Facebook Comments