तस्विर : आशिष ठकुरी/पत्रकार
विहानदेखि परेको अविरल वर्षापछि धादिङको धार्केमा पुल भासिएको छ । पुल भासिए पछि पृथ्वीराजमार्गमा सवारी आवागमन ठप्प बनेको छ । धादिङको धार्के बजार नजिकैको गणेशखोला पुल भासिएको हो ।
पुलको एकपाट्टीको भाग भासिएर भ्वाङ परेको छ । पुल भासिएपछि दिउसो ४ बजेबाट सवारी आवागमन बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायम उपरिक्षक शन्तुलाल प्रसाद जैसवारले बताउनुभयो । पृथ्वीराजमार्ग हुँदै पुर्वपश्चिमका जिल्लाबाट राजधानी काठमाडौं भित्रने र बाहिरने यो नै एकमात्र राजमार्ग हो । दिउसो केही समय परेको पानीले पुलको मुनी लगाइएको वाल पहिरिएको छ ।
धुनिवेशी नगरपालिका–६ र थाक्रे गाउँपालिका–८ को सिमाना जोड्ने पुल भएको स्थान दुबै भागमा घरहरु भएकोले बैकल्पिक बाटो निकाल्न पनि समस्या भएको जैरवारले बताए । पुलमा सवारी आवागमन गराउन नसक्ने अवस्था भएपछि पृथ्वी राजमार्गहुँदै काठमाडौं भित्रले र बाहिरिनेहरुलाई बैकल्पिक बाटो खोजेर प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
भ्वाङ परेको ठाउँमा पुर्ने काम भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । आज रातैभर सवारी आवागमन अवरुद्ध हुने प्रहरीले जनाएको छ ।