२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन गृहमन्त्रीको निर्देशन

फुर्केखोला पुल निर्माण तत्काल अघि बढाउन गृहमन्त्रीको निर्देशन

गृहमन्त्री सुधन गुरुङले धादिङबेसी जोड्ने फुर्केखोला पुल निर्माणमा भइरहेको ढिलासुस्तीप्रति चासो देखाउनु भएको हो । साथै, उहाँले निर्माण कार्य तत्काल अघि बढाउन सडक विभागका कर्मचारीहरूलाई निर्देशन दिएको सचिवालयले जनाएको छ ।

शनिबार गोरखा जाने क्रममा धादिङका स्थानीयसँग भेटघाट गरेका गुरुङले पुल निर्माणमा भएको ढिलाइबारे स्थानीयले गुनासो गरेका थिए । पुल निर्माणमा ढिलाइ हुँदा स्थानीयले आवतजावतमा समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।

गुरुङले रोकिएको निर्माण कार्य अघि बढाउन र सरकारसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि थप पहल गर्न निर्देशन दिनुभएको अनलाईन खबरमा समाचार छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल