
माघ २३, धादिङ ।
जिल्ला प्रहरी कार्यालय धादिङले लागु औषध दुर्व्यसन एवं ओसार पसार नियन्त्रणमा विशेष ध्यान केन्द्रित गरेको छ । धादिङ र आसपासका जिल्लाहरुमा लागु औषध ददुर्व्यसन र ओसार पसार धन्दामा ठुलो संख्यामा युवाहरु संलग्न रहेका प्रहरीको आँकडाले देखाएको छ ।
प्रहरीले केही दिन अघि मात्र पृश्वीराजमार्गबाट लागु औषध दुर्व्यसन र ओसार पसारमा संलग्न ५ जना युवालाई नियन्त्रणमा लिनुका साथै ठुलो मात्रामा विभिन्न लागु औषध बरामद गरेकोे छ । जिल्ला प्रहरी कार्यालय धादिङले विशेष सुचनाको आधारमा गत माघ १९ गते राति मकवानपुर जिल्लाका ३७ वर्षको रामकृष्ण श्रेष्ठ, धादिङ जिल्लाको गल्छी गाउपालिका वडा नम्व्र ५ का २६ वर्षका श्यामबहादुर तामाङ, वर्ष ३१ का बिनोद तामाङ, वर्ष ३४ का नवराज तामाङ, वर्ष ३० का देवबहादुर तामाङलाई नियन्त्रणमा लिएर कार्बाही चलाएको छ ।
यसरी ५ जनालाई पक्राउगरेसँगै यो वर्ष धादिङमा लागु औषध कारोबारमा ४७ जनालाई प्रहरीले नियन्त्रमणमा लिइ कारबाही अगाडी बढाएको छ । गएको आर्थिक वर्ष २०७३÷०७४ मा लागु ओषध कारोबारमा जम्मा ६ जनालाई मात्र प्रहरीले नियन्त्रण गरेको थियो ।
यो तथ्याङ्कलाई हेर्दा धादिङमा लागू औषधको प्रयोग तथा कारोबार अत्याधिक बढेको प्रहरीको ठहर छ । प्रहरी प्रमुख ध्रवराज राउतका अनुसार लागू औषध कारोबारमा पक्राउ परेका ४७ जनाविरुद्ध मुद्धा दर्ता गरेर कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको छ ।